Logo
१३ बैशाख २०८१, बिहीबार
(March 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचुनावसम्म सरकारमा एकजना मन्त्रीमात्र पठाउने जसपाको निर्णय

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपनिर्वाचनसम्मका लागि एक जना मन्त्री मात्र सरकारमा पठाउने निर्णय गरेको छ ।

भागबन्डामा दुइटा मन्त्रालय पाएको जसपाले आज अशोक राईको नाम शिक्षा र वन मन्त्रालय सम्हाल्ने गरी प्रधानमन्त्री कार्यालयलाई पठाएको हो ।

उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा आफै उम्मेदवार बन्ने लगभग निश्चित छ । मधेस प्रदेशमा मन्त्रीका आकाङ्क्षी धेरै भएका कारणले एक जनालाई मन्त्री बनाएर अध्यक्ष उपेन्द्र यादवले रिस्क लिन नसकिने बताइएको छ ।

मन्त्रीका लागि कार्यकारिणी सदस्य राजकिशोर यादव, केन्द्रीय सदस्य प्रदीप यादव, वीरेन्द्र महतो, रञ्जु ठाकुर, रेखा यादव प्रतिस्पर्धी थिए । उनीहरू मन्त्री बन्नका लागि लबिङ गरिरहेका थिए । यसमध्ये एक जनालाई मन्त्री बनाए असन्तुष्टहरूले चुनाव असहयोग गर्न सम्भावना देखेर चुनावसम्मका लागि यो रणनीति लिइएको हो ।

बारा २ लगायत, तनहुँ १ र चितवन २ मा वैशाख १० गते चुनाव हुँदै छ ।

प्रकाशित मिति: Mar 31, 2023

प्रतिक्रिया दिनुहोस्