Logo
१५ चैत्र २०८०, बिहीबार
(March 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्य मन्त्रीले मेरो जति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री खान

खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् ।

आज सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गरेका हुन् । उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गरे ।

मन्त्री खानले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरूलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरु गरेको बताए ।

उनले अब छिटै नै विभिन्न सार्वजनिक स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताए । मन्त्रालयका विभिन्न समस्याका कारण अझै पनि आफूले चाहेको गतिमा काम गर्न नसकेको उनले बताए ।

मन्त्री खानले बोतल र जारमा महँगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे । उनले देशका हरेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताए ।

शुक्रवार खानेपानी मन्त्रालय, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रूपमा सेवा पाउने गरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो । निकट भविष्यमा काठमाडौँ उपत्यकाका अन्य सार्वजनिक ठाउँमा सेवा बिस्तार गर्ने मन्त्रालयको योजना छ ।

प्रकाशित मिति: Mar 31, 2023

प्रतिक्रिया दिनुहोस्