Logo
७ बैशाख २०८१, शुक्रबार
(March 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने

वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ ।

उप चुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

‘उपनिर्वाचनपछि नयाँ शिराबाट जाने सोँच बनाएको हो, त्यसबारे एक चरण छलफल भैसकेको छ’, उनले भने, ‘अब अहिले त उपचुनावमै केन्द्रीत हुनुपर्यो, त्यसैले पछि गर्ने सल्लाह भएको छ ’खरेलले रातोपाटीसँग भने ।

खरेलले अब आफु राष्ट्र सेवामा ईमान्दारीता र निष्ठाका साथ अगािड बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेपनि पराजित बनेका थिए । खरेल नेपाल प्रहरीका पुर्व डीआइजीपी हुन् ।

प्रकाशित मिति: Mar 31, 2023

प्रतिक्रिया दिनुहोस्