Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज

गायक आशिष सचिनको  ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा  शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ ।

पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराइको अभिनय देख्न सकिन्छ । गहिरो प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक शान थापाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा प्रेमीकाले आफ्नो प्रेमी आफ्ना लागि बानी परीसकेका कारण छाड्न नसक्ने बताउँछिन् ।

अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो । गायक सचिनका  ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=mYpbpa416rU

प्रकाशित मिति: Mar 29, 2023

प्रतिक्रिया दिनुहोस्