Logo
७ बैशाख २०८१, शुक्रबार
(March 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीले सोध्यो न्यौपानेलाई सात दिने स्पष्टीकरण

नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए ।

न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो । तर, एकीकृत समाजवादीले उक्त निर्णय गोप्य राखेको छ ।

नेता न्यौपानेले एमालेसहितको पार्टी एकतामा जोड दिँदै आएका छन् । तर पार्टीले एमालेबाहेकको एकता भनेर निर्णय गरेपछि न्यौपाने थप बिच्किएका थिए । न्यौपाने पार्टीमा तेस्रो बरीयतामा छन् ।

सो पार्टीको मंगलबारकै बैठकले उपाध्यक्ष केदार न्यौपाने र नेता चूडामणि जंगलीले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

प्रकाशित मिति: Mar 28, 2023

प्रतिक्रिया दिनुहोस्