Logo
७ बैशाख २०८१, शुक्रबार
(March 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेश नामाकरण खारेजीको माग प्रदर्शनमा ५ जना सुरक्षाकर्मी घाइते

कोशी प्रदेश नामाकरण संशोधनको माग गर्दै विराटनगरमा प्रदर्शन भइरहेको छ ।

ऐतिहासिक पृष्ठभूमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरूले प्रहरीमाथि ढुङ्गा मुढा समेत गरेका छन् । प्रहरीविरुद्ध ढुङ्गा मुढा हुन थालेपछि १२ राउण्ड हवाई फायर भएको छ । प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको छ ।

उक्त आन्दोलनमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीका ३ र सशस्त्रका दुई जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले ३१ राउण्ड अश्रुग्यास र १५ राउण्ड हवाईफायर गरेको छ ।

उनीहरूले कोशी प्रदेश मान्दैनौँ, हत्या हिंसा बन्द गर, लाजेहाङ अमर रहुन्, मुख्यमन्त्री हिक्मत कार्की मुर्दावाद, इन्द्रबहादुर आङबो औँला काट र पहिचानवादी एक हौँ लगायतका नारा घन्काइरहेका छन् ।

प्रदर्शन स्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति: Mar 28, 2023

प्रतिक्रिया दिनुहोस्