Logo
८ बैशाख २०८१, शनिबार
(March 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ देखि ७ दिनभित्रमा सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौं : यातायातमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन् ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ८ महिनापछि यस्तो व्यवस्था लागु हुने बताएका हुन् ।

अहिले दैनिक ६ देखि ७ हजार लाइसेन्स छाप्नुपर्ने भए पनि ४ हजार मात्रै छाप्ने मेसिन यातायात व्यवस्था विभागसँग भएकाले समस्या भएको मन्त्री श्रेष्ठले बताए ।

उनले भने, ‘दिनको २ हजार लाइसेन्स छाप्न नसकेर ब्याक लकमा बस्छ । अहिले ८ लाख ब्याक लक छ, ८ लाख ब्याक लकमा लाइसेन्स नछापी ७ दिनभित्रै लाइसेन्स दिन नसकिने अवस्था छ । समस्या सल्टाउन ७–८ महिना लाग्छ । त्यसपछि बढीमा ७ दिनभित्र नै लाइसेन्स दिने व्यवस्था हुन्छ ।’

उनले प्रिन्टिङ मेसिन किन्न टेन्डर भइसकेको त्यो मेसिन आएपछि ब्याक लक फुकाउने बताएका छन् । उनले यस्ता बाँकी लाइसेन्स छाप्न आउट सोर्स गर्न खोज्दा खरिद कानुन र विगतमा भएका निर्णयहरू बाधा बनेको बताए ।

प्रकाशित मिति: Mar 27, 2023

प्रतिक्रिया दिनुहोस्