Logo
७ बैशाख २०८१, शुक्रबार
(March 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह र सञ्चार मन्त्रालय आफैसँग राख्ने प्रचण्डको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैसँग रहने आश्वासन दिएका छन् । गृह र सञ्चार मन्त्रालय कांग्रेसले दाबी गरेको चर्चा चल्न थालेपछि माओवादी नेताहरूले नदिन दबाब दिएका हुन् ।

अर्थ र गृहमध्ये प्रधानमन्त्री प्रचण्डले गृह आफूसँग राखेर अर्थ कांग्रेसलाई दिने तयारी गरेको माओवादीका एक मन्त्रीले बताए । माओवादी नेता वर्षमान पुन बिरामी भई चीनमा उपचारत भएकाले प्रधानमन्त्री प्रचण्डले अर्थ चलाउन कांग्रेसलाई दिन लागेका हुन् ।

अर्थ कांग्रेसले लिएपछि माओवादीले गृह मन्त्रालय लिने भएको छ । अहिले भएका मन्त्रीमा थप नभएमा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ नै गृहमन्त्री हुने सम्भावना देखिएको छ ।

यदि माओवादीको भागमा एक मन्त्रालय थप भएमा शक्तिबहादुर बस्नेत, महेन्द्रबहादुर शाही र पूर्णबहादुर घर्तीमध्येबाट एक जना जाने तयारी छ ।

यस्तै सञ्चार मन्त्री समेत माओवादीकै भागमा परेको छ । प्रधानमन्त्री र सञ्चार मन्त्री एउटै पार्टीको हुने भएकाले सो मन्त्रालय फरक पार्टीको भागमा नपर्ने भएको हो ।

सञ्चार मन्त्री सरकारको प्रवक्ता समेत हुने भएकाले माओवादीकै रेखा शर्मा मन्त्री हुने भएकी छन् । यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्रालय फेरिदिन आग्रह गरेका छन् ।

उनले आफ्नो रुचि भएको भौतिक वा सहरी विकास मन्त्रालयमा पठाउन प्रचण्डसमक्ष आग्रह गरेको बताइएको छ । अरु माओवादीका मन्त्री भने यथावत् रहने भएका छन् ।

प्रकाशित मिति: Mar 27, 2023

प्रतिक्रिया दिनुहोस्