Logo
१३ बैशाख २०८१, बिहीबार
(March 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । लुम्बिनी प्रदेशमा जम्मा ८७ सिट रहेको छ। ४४ सिट भएमा बहुमत पुग्छ । यस आधारमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने छन्। प्रदेश प्रमुख शेरचनले पेस गरिएको पत्र संविधानअनुसार प्रक्रियामा लैजाने बताए।

प्रकाशित मिति: Mar 26, 2023

प्रतिक्रिया दिनुहोस्