Logo
१३ बैशाख २०८१, बिहीबार
(March 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनसङ्ख्या घट्यो, बढाउने गरी प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ : उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जनगणनाले नेपालको विकास योजनालाई सहयोग पुर्‍याउने बताएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सर्बजनिक गरेको नेपालको तथ्याङ्क सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले नेपालको १६ औँ पञ्च वर्षीय योजनामा योजना बनाउन सहज भएको बताए । जनसङ्ख्याको तथ्याङ्कले देशको समग्र चित्र देखाएको र जनसङ्ख्या वृद्धिदर घटेको देखिएको छ । अब जनसङ्ख्यासँग सम्बन्धित योजना नै परिवर्तन गर्नु पर्ने देखिएको श्रेष्ठले बताए ।

श्रेष्ठले आगामी दिनमा बालबच्चा जन्माउन प्रोत्साहन गर्ने गरी नीति बनाउनुपर्ने देखिएको समेत बताए ।

प्रकाशित मिति: Mar 24, 2023

प्रतिक्रिया दिनुहोस्