Logo
१९ जेष्ठ २०८०, शुक्रबार
(March 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुवातास खेलेकाे आराेपमा दुई भारतीयसहित १६ जना पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालका- १ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेकाे आराेपमा पक्राउ परेका छन् ।

उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका- ३९ वर्षीय दिलिप गिरीले संचालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।

 

प्रकाशित मिति: Mar 23, 2023

प्रतिक्रिया दिनुहोस्