Logo
१३ बैशाख २०८१, बिहीबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई महिनामै विश्वासको मत लिने स्थितिमा बन्नु खुसीको कुरा होइन : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई महिनामै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने परिस्थिति बन्नु कसैका लागि पनि खुसीको कुरा नभएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले दुई महिनामा विश्वासको मत लिने परिस्थिति देशको स्थिरताका लागि राम्रो नभएको बताए । यस्तो परिस्थिति फेरि पनि आउन नहुने उनको भनाइ छ ।

सिद्धान्त नमिलेका दलहरू एक ठाउँमा आइदिँदा यो परिस्थिति सिर्जना भएको उनको भनाइ थियो । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई पुनः विश्वासको मत दिने बताए ।

आफूले जन्माएको बच्चाप्रति बाआमाको ठूलो प्रेम हुन्छ भन्दै संघीयता, गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्री प्रचण्ड सधैं लाग्ने राउतको विश्वास छ ।

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्