Logo
१५ चैत्र २०८०, बिहीबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माग गरिएभन्दा करिब ३ हजार कम प्रावि तहमा शिक्षक सिफारिस

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि छनोट भएका १० हजार ३५३ शिक्षकहरुको एकमुष्ट सिफारिस गरेको छ ।

आयोगको अनुसार शिक्षक संख्या माग गरिएको पदसंख्यामा दुई हजार ९४४ पद रिक्त भएका छन् । माग गरिए बमोजिम शिक्षक पदमा उम्मेद्वार छनोट हुन नसकेको आयोगले जनाएको छ।

आयोगले प्रावि तह तृतीय श्रेणी शिक्षक पदका लागि १३ हजार २९७ आवेदन खुला गरेको थियो । सोही अनुसार २०७८ चैत १० गते र २०७९ असार १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको विभिन्न समयमा अन्तर्वार्ता आयोगले लिएको थियो ।

उक्त अर्न्तवार्तामा उत्तीर्ण उम्मेदवारलाई गत शनिवार स्थाइ नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्