Logo
१३ बैशाख २०८१, बिहीबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो यो १० दलीय गठबन्धन पाँच वर्षसम्मै टिक्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको १० दलीय गठबन्धन आगामी पाँच वर्षसम्मै टिक्ने दाबी गरेका छन् ।

आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले १० दलीय गठबन्धन पाँच वर्षसम्मै टिक्ने र यसले राजनीतिक स्थायित्व दिने बताएका हुन् ।

‘अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ । राजनीतिक स्थायित्व दिन्छ । राष्ट्रका सामू रहेका सबै चुनौतीहरु सामना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्छ ।

यस कुरामा विश्वस्ता हुन सबै माननीय ज्यूहरु, सबै राजनीतिक दल र नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु,’-उनले भने ।

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्