Logo
७ बैशाख २०८१, शुक्रबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत निर्वाचित

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन् । बस्नेतले नेकपा एमाले सम्बद्ध अनेरास्ववियुकी मुना तिवारीलाई पराजित गरेका हुन् ।

अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी उनका प्रतिद्वन्द्वी थिए । यहाँ नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूबीच तालमेल भएको थियो ।

नेविसंघबाटै सचिवामा मदनराज उपाध्यक्ष र कोषाध्यषमा मिनबहादुर रावल निर्वाचित भएका छन् । ३१०३ मत खसेकोमा समानुपातिकतर्फ शंंकरदेवमा नेविसंघले १३०५ मत पाएको छ ।

यस्तै अनेरास्ववियूले ४२५, स्वतन्त्र समूहले ६३५, अनेरास्ववियु (नेकपा एमाले)ले ३०६, नेविसंघ बिपीले २१८, अखिल क्रान्तिकारीले १५५ र राप्रविसंघले ५९ मत पाएको छ ।

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्