Logo
१५ चैत्र २०८०, बिहीबार
(March 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपति यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मत पाएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ । सपथसँगै यादवको सांसद पद पनि समाप्त हुनेछ ।

प्रकाशित मिति: Mar 19, 2023

प्रतिक्रिया दिनुहोस्