Logo
१३ बैशाख २०८१, बिहीबार
(March 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. सिके सिंह स्वास्थ्यकर्मी जनमत संघको अध्यक्षमा चयन

जनमत पार्टीको भातृ संगठन स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सिके सिंहलाई सर्वसम्मत चयन गरिएको छ ।

शनिबार कठमाण्डौको पुरानो बानेश्वर स्थित सिदार्थ फुडल्याण्डमा आयोजित एक सार्वजनिक कार्यक्रम मार्फत सिंहलाई सर्वसम्मतले अध्यक्षमा चयन गरिएको हो ।

कार्यक्रम जनमत पार्टीका अध्यक्ष तथा संघीय सांसद डा. सीके राउतको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका कृषिमन्त्री वसन्त कुशवाहा अर्का उपाध्यक्ष दीपककुमार साह, महासचिव चन्दन सिंह कृषि राज्यमन्त्री सञ्जय यादव, सांसद तथा नेताहरु अनिता साह, सतीशकुमार सिंह, सुरेन्द्र नारायण यादव, भूपेन्द्र यादव लगायत लगभग ५०० जनाको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा जनमतका अध्यक्ष डा.राउतले लगभग १ सय जना स्वास्थ्यकर्मीलाई पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेका स्वास्थ्यकर्मीहरुलाई स्वागत गर्दै डा. राउतले जनमत संघको घोषणा गरेका हुन् ।

‘जनमत पार्टीमा आवद्ध सबै स्वास्थ्यकर्मीहरु एकजुट भएर नेपालको स्वास्थ्य तथा समस्या समाधानका काम गर्नुपर्छ र सबै जना हामी एक जुट भयौं भन्ने मात्र जनमत पार्टीले देशको नेतृत्व लिन सकिने भन्दै डा. राउतले अर्को वर्ष स्वास्थ्यकर्मी जनमत संघको आमसभा टुँडिखेलमा गरिने बताएका छन् ।।

प्रकाशित मिति: Mar 19, 2023

प्रतिक्रिया दिनुहोस्