Logo
७ बैशाख २०८१, शुक्रबार
(March 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपतिको निर्वाचन मतगणना सकियो, उपराष्ट्रपतिमा यादव निर्वाचित

नयाँ उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सकियो । उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । उनले शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उपराष्ट्रपति निर्वाचनको चयनका लागि शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म नयाँबानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचन चलेको थियो ।

उपराष्ट्रपति पदका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता जसपाका रामसहायप्रसाद यादव र जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् ।

(आजै) शुक्रबार नै उपराष्ट्रपतिको निर्वाचित प्रमाणपत्र प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्य मतदाता हुन् ।

उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।

प्रकाशित मिति: Mar 17, 2023

प्रतिक्रिया दिनुहोस्