Logo
६ बैशाख २०८१, बिहीबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिको सचिवालयमा पत्रकार सहित पाँचजना नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनालाई नियुक्त गरिएको छ । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए ।

त्यस्तै सहयोगी चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त गरेका थिए । नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ ।

नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ । राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् ।

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्