Logo
१५ चैत्र २०८०, बिहीबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मञ्जु अन्सारी जसपाबाट प्रतिनिधिसभा सदस्य बन्ने

जनता समाजवादी पार्टी (जसपा) को समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहेकी मञ्जु अन्सारी प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् ।

जनता समाजवादी पार्टीले समानुपातिक सांसदबारे निर्णय गर्न आज बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ।

सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। सो निर्णयसँगै पार्टीको तर्फवाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ ।

जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

 

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्