Logo
१३ बैशाख २०८१, बिहीबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री त्रिवि मैदानमा, नेपाललाई पहिलो सफलता

आइसिसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा युएईसँग बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ।

नेपालका लागि पहिलो सफलता ललित राजवंशी दिलाएका हुन्। उनले युएईंका ओपनर आर्यन लाक्रालाई ६ रनमा आउट गरेका हुन्। टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको युएई ताजा अवस्थामा २.५ ओभरमा १ विकेट गुमाउँदै १९ रनमा रहेको छ।

यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ। खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन् ।

विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए।

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्