Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिकटक स्टार मिस पवी र युवा उद्यमी उमेश अभिनित ‘कतै म हराएँकी’ म्युजिक भिडियो रिलिज

‘कतै म हराएँकी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको छ ।

विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले कलात्मकशैलीमा देखाएका छन् । जसको कोरियोग्राफी राजिव समरले गरेका हुन् ।

सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशले सान्बाबु, लुकिछिपी, लगायतका भिडियोमा अभिनय गरिसकेका छन् । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: Mar 14, 2023

प्रतिक्रिया दिनुहोस्