Logo
११ बैशाख २०८१, मंगलबार
(March 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको तर्फबाट उपराष्ट्रपतिका दुवै उम्मेदवार र कांग्रेस सभापति देउवाबीच भेटघाट, मत दिन आग्रह

जनता समाजवादी पार्टी, नेपालबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव जसपाकै महिला उम्मेदवार प्रमिला यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर मत मागेका छन् ।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । यादवले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावक र समर्थकमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरु पनि छन् ।

यादवले हिजोमात्रै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

सो भेटवार्तामा पनि यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मत दिन आग्रह गरेका थिए । देउवा भेट्नुअघि यादवले राप्रपाका नेताहरुसँग पनि भेटवार्ता गरेको जसपाका सांसद प्रदीप यादवले जानकारी दिए ।

उनले सबै शीर्ष नेताहरुले निर्वाचनमा सहयोग रहने वचन दिएको जानकारी दिए ।

प्रकाशित मिति: Mar 14, 2023

प्रतिक्रिया दिनुहोस्