Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था (फोटो फिचर)

काठमाडौं, २४ फागुन : बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो ।

नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरुलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रपतिका लागि कांग्रेस, माओवादी केन्द्रसहित नौ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

प्रकाशित मिति: Mar 8, 2023

प्रतिक्रिया दिनुहोस्