Logo
७ बैशाख २०८१, शुक्रबार
(March 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुहोस् ! लसुनको प्रयोग र शीघ्र वीर्य स्खलन रोक्ने यी हुन अचुक उपायहरु

शीघ्र वीर्य स्खलनको कारणः तपाईलाई थाहै हुनुपर्छ, प्राय सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन् ।

अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मान्न थालिएको छ । यौनिमा घर्षण नै गर्न नपाई योनिमा वीर्य स्खलन हुने समस्या पुरुषहरुमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो ।

लसुन प्रयोग गर्ने सहि तरिका
प्राचिन समयमा धेरै संस्कृतिहरुले लसुनलाई औषधिको रुपमा प्रयोग गर्थे । भारत र चीनमा लसुनलाई खान पचाउनको निमित्त अन्य विभिन्न परिकारमा मिसाएर प्रयोग गर्ने गरिन्छ ।

यसका साथै स्वासप्रस्वास तथा अन्य परजीबी संक्रमण हरुसंग जुध्न पनि लसुन प्रयोग गरिन्थ्यो । सामान्यरुपमा हेर्ने हो भने लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ ।

यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ ।

गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ । लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ ।

क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ । लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

तरकारी वा अन्य परिकारमा लसुन हालेर खाने त हामी सबैले गरेकै हुन्छौँ तर खाली पेटमा लसुन खाने बानी भने हुँदैन । तर बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक हुन्छ ।

बिहान खाली पेटमा लसुन खानु किन बढि प्रभावकारी हुन्छ ? किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ ।

खाली पेट लसुन खानुका फाइदा यस्ता छन् : 

उच्च रक्तचाप नियन्त्रण- बिहान खाली पेटमा लसुनको केही केश्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउने तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा मुत्रथैलीको संक्रमणको जोखिम समेत कम गर्छ ।

झाडापखाला नियन्त्रण- सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा पुग्छ ।

भोक लाग्दैन ? लसुन खानुस्- लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ । यसले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग पूराउँछ ।

दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका स्वासप्रस्वास जन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ । लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ ।

भुटेको लसुनको फाइदा
लसुनलाई भुटेर सेवन गरेमा विशेषगरी पुरुषका लागि निकै फलदायी साबित हुन्छ । लसुनलाई काँचै वा तरकारी र अचारको रुपमा प्रयोग गरिन्छ । लसुनमा सल्फरको मात्रा केही बढी हुन्छ भने ‘ऐलिसिन’ नामक तत्व पनि हुन्छ, जसले एन्टी–ब्याक्टेरियल, एन्टी–फंगल र एन्टी ओक्सिडेन्टजस्ता गुण उत्पादन गर्छ ।

एक अध्ययनले लसुनमा पाइने ‘फाइटोकेमिकल्स’ तत्वले पुरुषको स्वास्थ्यलाई विशेष फाइदा गर्ने पत्ता लागेको छ । यस्तै, आयुर्वेदका चिकित्सकले पुरुषलाई रातिमा भुटेको लसुनको एक पोटी खाने सल्लाह दिन्छन्, जान्नुहोस् यसले के-कस्ता फाइदा गर्छ ।

१) पेटको समस्या कम: हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।

२) रोग प्रतिरोधात्मक क्षमता बढ्छ: हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।

३) चिसोबाट बचाउँछ: तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।

४) दाँतको दुखाइ कम: यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस् । तपाईलाई यसले निकै आराम दिन्छ ।

५) रक्त चाँप नियन्त्रण: विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

६) हर्मोन ब्यालेन्स: भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने एलिसिनले पुरुषको सेक्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

लसुनको पातले स्वास्थ्यमा पार्ने प्रभाव : 
लसुनको हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुणहरु छन् :

१. लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।

२. लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।

३. लसुनको पातमा प्रसस्त्रै आइरन तत्व पाइनछ । त्यसकारण रक्तअल्पता भएकाहरुले लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ ।

४. लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।
५. लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ ।

६. लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ । साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ ।

त्यसैले लसुनको केश्रा मात्र होइन हरियो पात समेत तरकारी बजारबाट किनेर नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो । यसैले लसुन पोटीको रुपमा होस् या पातको रुपमा स्वास्थ्यका लागि निकै फाइदाकारी छ ।

कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्छन् । महिलालाई चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि सामान्य समयमै भएको भए पनि पुरुषको वीर्य स्खलन चाँडो
भएको भान पर्छ।

यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको विषय हुनसक्छ।

समाधानका लागि के गर्न सकिएला ?

आक्कल झुक्कल शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ ।

यो समस्या कम गर्न आफैले अवलम्बन गर्न सकिने केही उपाय छन् :

१. यौनसम्पर्क रोक्ने सुरु गर्ने यौनसम्पर्कका कममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर केही बेर यौनक्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।

२. आसन परिवर्तनः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन कम गर्न मद्दत मिल्छ ।

३. लिंग अँठ्‌याउनेः यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भए तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना कम भए पछि पुनस् सुरु गर्ने ।

४. कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।

५. मांसपेशीको प्रयोगः पिसाब आउँदा रोक्ने प्रयास गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।

६ औषधीको प्रयोग अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्पेहरू पनि बजारमा उपलब्ध छन् । यस्ता औषधी निगमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

७. वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने तथा उत्तेजना केही कम भएपछि पुन सुरु गर्ने र यो प्रक्रिया दोहा याउने ।

वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा
संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने।

वीर्य स्खलन होला जस्तो भएपछि यो क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने अनि विस्तारै-विस्तारै यौन क्रियाकलाप अघि बढाउने यो प्रकियामा समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुन सक्छ यो उपाय दीर्घकालीन समाधानमा लाभदायक हुन सक्छ ।

दीर्घकालीन समाधानको कुरा :
तपाईलाई थाहै हुनुपर्छ, धेरैजसोले यौनसम्पर्क राखे पनि वीर्य स्खलनलाई पुरुषको यौन कार्य सक्षमताका रूपमा लिन्छन् । यसरी शोध स्वखन हुँदा यौन कार्य राम्रोसँग सम्पादन गर्न नसकेको मानिन्छ ।

महिलालाई यौन सुख दिन नसकेको भन्ने मानेर दुखी हुने मात्र होइन, आत्मसम्मानको समस्या समेत देखापर्न सक्छ। महिलाले पनि शीघ्र स्खलन हुँदा आफ्नो पार्टनरले मलाई यौन सन्तुष्टि दिन सक्दैन भन्ने मान्न सक्छन् ।

यौन कार्य सम्पादनको चिन्तालाई नियन्त्रण गर्न एउटा महत्वपूर्ण कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ । कुनै कार्य ठिक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै चिन्ता बढेर कार्य सम्पादन क्षमता में हास आउन थाल्छ।

यो स्थितिमा वीर्य स्खलनमा मात्र केन्द्रित रहेर यौनसम्पर्क गरिन्छ । कार्य सम्पादनको चिन्ता भएको स्थितिमा समस्या अझ चर्कन्छ । यस्तो स्थितिमा पहिले गरिने स्पर्श, चुम्बन, सुमसुम्याई वा पाक्क्रीडाजस्ता क्रियाकलाप पनि कम भएर जान्छन् ।

यसले गर्दा पुरुषमा मात्र होइन, महिलामा समेत मानसिक तनाव हुन्छ। यसले सम्बन्धको सुमधुरतालाई नै समस्यामा पार्न सक्छ । यस्तो स्थितिमा दुवैले राम्रोसँग कुराकानी गरेर तनावरहित वातावरणमा समस्याको समाधान खोज्नुपर्छ ।

प्रकाशित मिति: Mar 7, 2023

प्रतिक्रिया दिनुहोस्