Logo
१५ चैत्र २०८०, बिहीबार
(March 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारले थप ६ दिन र पालिकाले ३ दिन मात्रै सार्वजनिक बिदा दिन पाउने

काठमाडौं, १८ फागुन । प्रदेश सरकारहरुले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन सार्वजनिक बिदा दिन पाउने भएका छन् ।

संघीय सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक बिदाका अतिरिक्त भन्दै प्रदेश सरकारहरुलाई यस्तो सुविधा दिएको हो ।

निर्णयमा भनिएको छ, ‘प्रदेश सरकारहरुले आ-आफ्नो प्रदेशको धर्म, संस्कृति र रीतिस्थिति समेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदा गर्ने ।’

यसअघि कतिपय प्रदेश सरकारहरुले आफूखुसी बिदाको निर्णय गरेका थिए । तर प्रदेश मातहतकै संघीय कार्यालयहरुले ती बिदा कार्यान्वयन नगर्दा अन्योल भएको थियो ।

यही समस्या हटाउन सरकारले वार्षिक ६ वटा त्यस्ता बिदामा प्रदेशमा रहेका संघीय सरकारका कार्यालयहरुमा समेत बिदा गर्ने’ घोषणा गरेको हो ।

त्यसैगरी पालिकाहरुले संघ र प्रदेशद्वारा निर्धारित भन्दा थप ३ ओटा स्थानीय विदा दिन पाउनेछन् । यसबाहेक वार्षिक कार्यक्रममा थप स्थानीय विदाको आवश्यक्ता भए संघीय सरकार समन्वाय गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: Mar 2, 2023

प्रतिक्रिया दिनुहोस्