Logo
१५ चैत्र २०८०, बिहीबार
(March 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को नाम परिवर्तन : ‘कोशी प्रदेश’ बहुमतले पारित (विस्तृप्त जानकारी सहित)

काठमाडौं, १७ फागुन । प्रदेश १ को नाम परिवर्तन भएको छ। अब प्रदेश १ को नाम कोशी प्रदेश राखिएको छ। बुधबार बसेको प्रदेश सभाका बहुमत सदस्यले कोशी प्रदेशको प्रस्तावमा समर्थन जनाएपछि प्रदेश १ को नामांकन कोशी प्रदेश भएको हो।

नामांकनका लागि प्रदेश सभामा दुई प्रस्ताव दर्ता गरिएका थिए। प्रदेश सभाले किरात लिम्बुवान सगरमाथा प्रदेशको नाम अस्विकृत गर्दै अर्को प्रस्ताव कोशी प्रदेशको नाम बहुमत सदस्यले पारित गरेका छन्।

कोशी प्रदेशको पक्षमा ८२ जनाले समर्थन गरेका छन् भने ४ जना विपक्षमा रहेका छन्। कोशी प्रदेशको प्रस्ताव नेकपा एमालेले राखेको थियो ।

प्रदेशबारे विस्तृप्त जानकारी :
नाम : कोशी प्रदेश
नामाकरण मिति :- २०७९-११-१७ गते
प्रदेश राजधानी :- बिराटनगर, मोरङ (२०७६-०१-२३गते)
क्षेत्रफल :- २५,९०५ बर्ग कि.मी
अबस्थित जिल्लाहरु -१४ ओटा
पहाडी=७, तराई=४, हिमाली=३
ठूलो जिल्ला : ताप्लेजुङ (३६४६ बर्ग कि मी)
सानो जिल्ला : तेह्रथुम (६७९ बर्ग कि मी)
जम्मा (पालिका) स्थानीय तह :- १३७
गाउँपालिका : ८८, नगरपालिका : ४६, उपम न.पा-२, महा न.पा -१
जम्मा वडा सङ्ख्या : 1157
देशान्तर : ८६°१मिनेट देखी ८८°३ मिनेट पुर्बी देशान्तर

प्रकाशित मिति: Mar 1, 2023

प्रतिक्रिया दिनुहोस्