Logo
८ बैशाख २०८१, शनिबार
(March 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव दर्ता

प्रदेश १ को नाम ‘कोसी’ राख्न बुधबार प्रस्ताव दर्ता गरिएको छ।

नेकपा (एमाले) र नेपाली काँग्रेसका सांसद मिलेर प्रदेशको नाम सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन्। संसद् सचिवालयका अनुसार एमाले सांसद राम रानामगर प्रस्तावक र काँग्रेस सांसद भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव दर्ता भएको छ।

प्रदेश १ को नाम ‘कोसी’ राख्ने सम्बन्धी प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ सँग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्।’

प्रदेशको नामकरण गर्न आजै दिउसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

प्रकाशित मिति: Mar 1, 2023

प्रतिक्रिया दिनुहोस्