Logo
१३ बैशाख २०८१, बिहीबार
(February 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्म शहीद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गरिने

सरकारले शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उक्त घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन । त्यसैलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो ।

‘शहीद घोषणा भएर पनि राजपत्रमा प्रकाशित नभएका कारण त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने ।

उनका अनुसार उक्त शहीदहरुको नामावलीमा ०६२/०६३ सालको संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरुको नाम समावेश छ ।

स्रोतका अनुसार सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो ।

प्रकाशित मिति: Feb 27, 2023

प्रतिक्रिया दिनुहोस्