Logo
१३ बैशाख २०८१, बिहीबार
(February 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन वर्षपछि ‘फेस टु फेस’ बैठक : चीनद्वारा तातोपानी नाका खुलाउन सीमा सुरक्षामा जोड

सिन्धुपाल्चोक : छिमेकी देश चीनले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्वर २ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका पूर्ण रुपमा खुलाउन  सीमा सुरक्षामा जोड दिएको छ ।

बिहीबार तीन वर्षपछि नेपाल-चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच आमनेसामने भएको छलफलमा चीनले सीमा सुरक्षाको विषयलाई प्राथामिकता दिएको हो ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेकाअनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न सीमा सुरक्षालाई नेपालले अत्यन्त सबल अपनाउनुपर्ने भन्दै यसबारे नेपालको धारणा माग गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को बहानामा यसअघि वि च्याटमार्फत् अधिकारीहरुबीच भर्चुअल बैठक मात्रै हुन्थ्यो । ०७७ सालमा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक र छलफल गरेका थिए ।

त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो । सीमाक्षेत्रमा कोरोनाको जोखिम नभएकाले भौतिक रुपमा महत्त्वपूर्ण बैठक र पहलकदमी गर्न सकिएको उनले बताए ।

बैठकमा नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेर छलफल अघि बढाएका थिए ।

प्रकाशित मिति: Feb 17, 2023

प्रतिक्रिया दिनुहोस्