Logo
७ बैशाख २०८१, शुक्रबार
(February 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गलत समाचार फैलाएको आरोपमा रुसी पत्रकारलाई ६ वर्षको जेल

युक्रेनको एक थिएटरमा रुसी लडाकु विमानले गरेको घातक हमलाको बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा एक जना पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ ।

साइबेरियाको बर्नौलको अदालतले ‘नक्कली समाचार’ फैलाएको भन्दै पत्रकार रुसी पत्रकार मारिया पोनोमारेन्कोलाई ६ वर्षको जेल सजाय सुनाएको हो । उनलाई पाँच वर्षसम्म पत्रकारिताका गतिविधिमा पनि रोक लगाइएको थियो । पोनोमारेन्कोलाई गत अप्रिलमा हिरासतमा राखिएको थियो ।

गत मार्चमा मारियुपोल थिएटरमा बम विस्फोट हुँदा सयौँ सर्वसाधारणको मृत्यु भएको थियो। उनी युक्रेनमा युद्धको आलोचना गरेको कारण जेलमा परेका रुसी असन्तुष्टहरूको बढ्दो सङ्ख्या मध्ये एक हुन्।

प्रकाशित मिति: Feb 16, 2023

प्रतिक्रिया दिनुहोस्