Logo
१३ बैशाख २०८१, बिहीबार
(February 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकदोहोरि गित ‘बरको डाली’मा कृष्ण, सरिता र जुनाको म्यूजिक भिडियो सार्बजनिक

बरको डालीमा मोडल कृष्ण सुनार, सरिता र जुनाको साथ रोमान्स गर्दै । मोडल कृष्ण सुनार अभिनित लोकदोहोरि गितबरको डाली सार्बजनिक भएको छ ।

गायक रंजित बिश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा रहेको गित बरको डाली को म्यूजिक भिडियो सार्बजनिक भएको छ । खेमराज गौतमको शब्द संगीत तथाएरेन्ज रहेको लोकदोहोरि गितमा माया प्रेमका भाबलाइ समेटिएको छ।

सार्बजनिक म्यूजिक भिडियोमा लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका मोडल,कलाकार, ब्यबसायी तथा समाजसेवी कृष्ण सुनारको साथमा मोडल द्वय सरिता दनकुटिर जुना कार्कीलाइ त्रिकोणात्मक प्रेम कहानीमा फिचर्ड गरिएको छ।

गणेश सापकोटाले छायांकन गरेको भिडियोलाइ चर्चित निर्देशक तथा कोरियोग्राफर शिब बिकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

पोखरामा छायांकन गरिएको भिडियोमा मोडल कृष्ण सुनारको अभिनयलाइ निखार्दै आकर्षक ढंगले प्रस्तुत गरिएको छ। भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=lDbKGzpMiNw

प्रकाशित मिति: Feb 10, 2023

प्रतिक्रिया दिनुहोस्