Logo
६ चैत्र २०८०, मंगलबार
(February 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा नेपालीभाषीलाई ‘विदेशी’ भनेपछि सिक्किम हडताल

भारतको सिक्किममा प्रर्दशनकारीहरुले आज पूर्णरुपमा हडताल गरिएको छ। जोईन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति) ले बन्द आह्वान गरेपछि सिक्किम पूर्ण रुपले ठप्प भएको हो।

सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक तथा वित्तीय संस्था बन्द रहेका छन्।

भारतको सर्वोच्च अदालतले सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भनिएको छ। फैसलामा सुनाइएको ‘विदेशी’को विरोध गर्दै सिक्कम बन्द आह्वान भएको हो। काउन्सिलको बन्द आह्वानलाई स्थानीयले पनि समर्थन गरेका छन्।

सोसिएसन अफ ओल्ड सेटलर्स सिक्किम (एओएसएस)ले सन् २०१३ मा आयकर छुटको मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

सर्वोच्चले उक्त संगठनको पक्षमा गत जनवरी १३ मा फैसला गर्‍यो। त्यसमा बहुसङ्ख्यक नेपालीभाषीलाई ‘विदेशी’ भनी टिप्पणी गरिएपछि अहिले सिङ्गो सिक्किम आन्दोलित छ।

यसअघि सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले फ्रेबुअरी ४ र ५ आह्वान गरेको बन्दको प्रभाव आंशिक मात्रै परेको थियो।

सिक्किमका नागरिकलाई विदेशी भनिएको विरोधमा दार्जिलिङका नेपालीभाषीहरु पनि विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: Feb 8, 2023

प्रतिक्रिया दिनुहोस्