Logo
१३ बैशाख २०८१, बिहीबार
(February 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीमा ७० अङ्क ल्याए लाइसेन्सको ‘ट्रायल पास’ हुने प्रणाली लागू

बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ।

यसअघि पटक–पटक रोकिँदै आएको ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा सो प्रणाली लागू गर्नको लागि श्रम,रोजगार तथा यातायात मन्त्रालयलाई अख्तियारी दिइसकेका छन्। उनले फागुन १ गतेदेखि प्रदेशको उपत्यकाको जिल्लाहरूबाट ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली लागू गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले यातायात मन्त्रालयलाई मुख्यमन्त्रीले निर्देशन दिइसकेकोले फागुन १ गतेबाट सो अङ्क प्रणाली लागू हुने बताए।

उनले भने, ‘यसअघि ट्रायल सेन्टरका सञ्चालकले नै अहिले सक्दैनौँ भनेको भएर रोकिएको थियो। अहिले उहाँहरूले नै सक्छौँ भनेपछि हामीले यसलाई लागू गर्ने तयारी गरेका छौँ । यसअघिको सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले लागू गर्न खोजे पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन। उनले ३ पटकसम्म उक्त प्रणाली लागू गर्ने तयारी गरेका थिए।

 

प्रकाशित मिति: Feb 7, 2023

प्रतिक्रिया दिनुहोस्