Logo
१२ बैशाख २०८१, बुधबार
(February 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिलन नेवार र बिदनको ‘आँखा झिमिझिमी’ बोलको गीत सार्वजनिक

गायिका मिलन नेवार  र गायक बिदन कालिकोटेको स्वर रहेको आँखा झिमिझिमी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा मोडलद्वय कमल सिंह र बिना राउतको अभिनय देख्न सकिन्छ ।

प्रेममा परेको एक रोमान्टिक जोडीको रमाइलो प्रेम कहानीलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।

गायक कालिकोटेका धरो धर्म, हाम्रो त घर हो कालीखोला, मेरी माया नेपालमा छिन्, तिम्ले जे सुकै भनेपनि , झरी जाने फूललाई बजारमा आइसकेका छन् ।

भिडियाे : https://www.youtube.com/watch?v=i6zJ_Wsp48g

प्रकाशित मिति: Feb 7, 2023

प्रतिक्रिया दिनुहोस्