Logo
६ बैशाख २०८१, बिहीबार
(February 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता-साझेदार दलबाटै राष्ट्रपति छनोट हुन्छ : गुरुङ

नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सत्ता-साझेदार दल भित्रैबाट राष्ट्रपति छनोट हुने दाबी गरेका छन्।

उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे।

उनले भने, ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि। गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो। त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो । सकभर राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ।’

उपमहासचिव गुरुङले सत्तारुढ दलहरूले राष्ट्रपतिमा काँग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए।

प्रकाशित मिति: Feb 6, 2023

प्रतिक्रिया दिनुहोस्