Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ ‘जासुसी बेलुन’ खसाल्ने एफ–२२ जेटका पाइलटलाई बाइडेनले दिए बधाई

चीनको ‘जासुसी बेलुन’ लाई अमेरिकी एफ–२२ लडाकु विमानले दक्षिण क्यारोलाइना एटलान्टिक तटको नजिकै खसालेपछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले पाइलटलाई बधाई दिएका छन् ।

यसअघि एफ–२२ लडाकु विमानका पाइलटले एक ब्क्ष्ः(ढह् साइडविन्डर मिसाइलबाट यो बेलुनलाई निशाना बनाइएको थियो ।

यस्तै, बाइडेन प्रशासनका एक अधिकारीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा यो बेलुन खसालेपछि अमेरिकाले सिधै चीनसँग कुरा गरेको छ ।

बेलुन खसाल्ने आदेश राष्ट्रपति जो बाइडेनको आदेशमा गरिएको हो । पछि एक सैन्य अधिकारीले यो बेलुन खसालेको प्रक्रियाबारे पत्रकारलाई जानकारी दिए ।

अमेरिकी रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार बेलुन खसालेपछि यसले मानिसलाई कुनै पनि खालको समस्या नदिओस् भनेर यसलाई समुद्र माथि पुग्ने बेलासम्म प्रतीक्षा गरियो ।

अमेरिकी सेना अब समुद्रमा छरिएको बेलुनका टुक्राहरू खोजिरहेको छ । यी टुक्राहरू समुद्रमा करिब ११ किलोमिटरसम्म फैलिएको छ ।

प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्