Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ

चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो स्थानमा रहेका थिए । १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।

रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छन् । आइतबार आयोग गरेका उनको जिकिर छ, उहाँको निवेदन प्रक्रिया नै रद्द भएपछि म हुँ । मेरो दाबी हुनुपर्‍यो ।’

जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर बसोस् भनेर आयोगमा आफू गएको उनले बताए ।

प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्