Logo
१५ चैत्र २०८०, बिहीबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामिछानेको स्थानमा चितवन २ बाट संवत्: आफूलाई निर्वाचित गर्न कांग्रेस नेता श्रेष्ठको माग

बागमती प्रदेशको चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।

श्रेष्ठले आइतबार विहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ ।

यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मान्तरले पराजित भएका थिए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन–२ मा छिटोभन्दा छिटो उपनिर्वाचन गर्न माग गरेको छ ।

शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको हो ।

‘उपनिर्वाचन समयमा हुनुपर्छ भन्ने हाम्रो माग हो’, एक नेताले भने, ‘त्यो चाँडो हुनुपर्ने पार्टीको चाहना छ ।’ उपनिर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने कुरा पनि बैठकमा भएको उनको भनाइ छ ।

प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्