Logo
१२ बैशाख २०८१, बुधबार
(February 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्राउ परेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् ।

उनी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: Feb 3, 2023

प्रतिक्रिया दिनुहोस्