Logo
४ बैशाख २०८१, मंगलबार
(February 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सत्ता गठबन्धनमा खटपट परिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ ।

गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने खोजे पनि नेकपा एमालेले रास्वपालाई नै दिन दबाव दिंदै आएको छ । रास्वपाले पनि आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पनि भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति: Feb 1, 2023

प्रतिक्रिया दिनुहोस्