Logo
८ बैशाख २०८१, शनिबार
(January 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेले पाए नेपाली नागरिकता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता रवि लामिछानेले नेपाली नागरिकता पाएका छन् ।

नागरिकता पुन : प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका लामिछानले नागरिकता ऐनको दफा ११ बमोजिम कागजात पूरा गरेर नागरिकता लिएका हुन् । उनको पुरानै नागरिकता कायम भएको जिल्ला प्रशासनल कार्यालय काठमाडौंले जनाएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुन : प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सभापति पद पनि गुमाएका थिए ।

प्रकाशित मिति: Jan 29, 2023

प्रतिक्रिया दिनुहोस्