Logo
१२ बैशाख २०८१, बुधबार
(January 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ ।

शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसला सुनाउने तयारी भएको हो ।

फैसला सुनाइने तयारी भएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरू आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए ।

यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि मुद्दाको सुनुवाइ भएको थियो ।

प्रकाशित मिति: Jan 27, 2023

प्रतिक्रिया दिनुहोस्