Logo
६ बैशाख २०८१, बिहीबार
(January 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेको मुद्दाको इजलासमा फेरिए न्यायाधीश

गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइ गर्ने इजलासमा एक जना न्यायाधीश हेरफेर भएका छन् ।

यसअघिको इजलासमा नरहनेका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमान सिंह राउत हटेका छन् ।

वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत छन् ।

प्रकाशित मिति: Jan 25, 2023

प्रतिक्रिया दिनुहोस्