Logo
१२ बैशाख २०८१, बुधबार
(January 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षमा दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ प्रदर्शन हुने

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ नयाँ वर्षमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले सोमबार फिल्मको एक पोष्टर जारी गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ र मिरुना नै देखिएका छन् ।

उनीहरुको भूमिका फिल्ममा श्रीमान– श्रीमतीको रहेको पोष्टरबाट अनुमान लगाउन सकिन्छ । फिल्म उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् ।

रामबाबु गुरुङ निर्माता रहेको फिल्मले गुरुङ समुदायमा प्रचलित प्रथा ‘जारी’को कथाको उठाएको छ । फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतको पनि अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति: Jan 24, 2023

प्रतिक्रिया दिनुहोस्