Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको भागबन्डा मिलाउन नसकेका मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग मागे सहयोग

गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता प्रदेशको भागबन्डामा केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा मुख्यमन्त्री अधिकारी मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रदेशबाट सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री अधिकारी सहयोगका लागि शीर्ष नेताहरूको दैलो चाहरिरहेका छन् ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै अधिकारीले विश्वासको मत लिएको १ साता भइसक्यो । तीन मन्त्रीलाई साथमा लिएर शपथ लिएका अधिकारीले अहिलेसम्म कुनै मन्त्रीले जिम्मेवारी दिन सकेका छैनन् । सोमबार मन्त्रालय घटाउने विषयमा सहमति जुटे पनि भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

प्रकाशित मिति: Jan 24, 2023

प्रतिक्रिया दिनुहोस्