Logo
१२ बैशाख २०८१, बुधबार
(January 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म भ्रष्टाचार गर्दिनँ भनेर देखाउन अग्निपरीक्षामा होमिएको हुँ : ऊर्जामन्त्री लिङ्देन

उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने वाचा पूरा गर्न आफू सरकारमा सामेल भएको बताएका छन्

‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने आफ्नो नारालाई व्यवहार उतार्ने मन्त्री लिङ्देनले प्रतिबद्धता व्यक्त गरे।

सोमबार झापाको अर्जुनधारा १ साधुटारमा रहेको शंकराचार्यपीठको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले भ्रष्टाचार नगर्ने आफ्नो वाचा पूरा गर्न अग्निपरीक्षामा होमिएको बताए।

‘मैले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्दा कतिपयले प्रशंसा गरे। कतिले ‘नपाइन्जेल त हो नि’ पनि भने। तर मैले पाएपछि म भ्रष्टाचार गर्दिनँ भनेर देखाउन अग्निपरीक्षामा होमिएको हुँ’, उनले भने।

सरकारमा जाने मान्छेलाई राम्रो नमानेको सन्दर्भमा आफूले सरकारमा गएर काम गरेर देखाउने अठोट गरेको उनले बताए। हजारौँले सरकारमा अहिले जानु हुँदैन भनेको तर मैले गरेर देखाउने मौका यो पनि हो भनेर सरकारमा गएको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री लिङ्देनले आफूले उठाएको हिन्दुत्वको मुद्दा झन् बलियो बनाउने बताए।

आफू जुन-जुन कार्यक्रममा सहभागी भए पनि हिन्दुत्वसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै खुसी मिल्ने लिङ्देनको भनाइ छ।

 

प्रकाशित मिति: Jan 23, 2023

प्रतिक्रिया दिनुहोस्