Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर संगठन विस्तार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

बलियो संगठनात्मक आधारविनै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा प्रतिनिधिसभातर्फ २० सिट जितेको थियो । तर, सो पार्टी प्रदेशतर्फको निर्वाचनमा भने सहभागी भएको थिएन ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन गरिनेछ । यस्तै जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरिएको छ । यस्तै बैठकले माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी उक्त कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ।

जसअनुसार माघ १४ गते प्रदेश १ को भेला विराटनगरमा हुने छ भने माघ १६ गते जनकपुरमा मधेश प्रदेशको भेला हुनेछ । यसैगरी बागमतीको भेला मकवानपुरमा माघ १८ गते , गण्डकीको भेला पोखरामा माघ २१ गते, लुम्बिनीको भेला दाङमा माघ २४ गते, सुदूरपश्चिमको भेला धनगढीमा माघ २६ गते र कर्णाली प्रदेशको भेला सुर्खेतमा माघ २८ गते गर्ने तय भएको छ ।

प्रकाशित मिति: Jan 23, 2023

प्रतिक्रिया दिनुहोस्