Logo
१५ चैत्र २०८०, बिहीबार
(January 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनाधिकृत व्यक्ति प्रवेश गराई काम गराएको भन्दै कर्मचारी सङ्घको ध्यानाकर्षण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) कर्मचारी सङ्घले कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेश गरी काम गरेको भन्दै सत्य तथ्य पत्ता लगाउन माग गरेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले नै अनाधिकृत व्यक्तिलाई दैनिक काममा लगाएको सङ्घको भनाइ छ ।

उक्त विषयमा सत्यरतथ्य पत्ता लगाउन माग गरिएको छ । नेप्सेका एक कर्मचारीका अनुसार पहिले बाहिरबाट करारमा राखिएका कर्मचारीलाई पुन काम गराउन दिइएको छ ।

उनी दैनिक कार्यालयमा आउने गरेका छन् । ती करारका कर्मचारीले पहिले नै राजीनामा दिएर बाहिरिएका थिए । तर, पछिल्लो समय दैनिक रूपमा अनाधिकृत रूपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति: Jan 20, 2023

प्रतिक्रिया दिनुहोस्