Logo
१२ बैशाख २०८१, बुधबार
(January 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्दिराजीको विज्ञतालाई उजागर गरेर उपसभामुखको उम्मेदवार बनायौँ : सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले इन्दिरा राना मगरको विज्ञतालाई उजागर गरेर उपसभामुखको उम्मेदवार बनाएको बताएकी छन्।

शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद गौतमले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘इन्दिरा राना मगरलाई पठाउने निर्णय गरेका छौँ। उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय पार्टीले गरेको छ। पार्टीले सर्वसम्मति रूपमा निर्णय गरेको हो, अल्पमतमा होइन।’

सोविता राना मगरको प्रस्तावक रहेकी छन्। राना मगर समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा थियो।

सांसद इन्दिरा राना मगरले भने आफूले कानूनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताइन्।

उपसभामुखको उम्मेदवारी दर्ता आज दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ।

दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएसँगै प्रतिपक्ष दलहरू पनि उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेका छन्।

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे बिहीबार निर्वाचित भइसकेका छन्। उपसभामुखको निर्वाचन भोलि शनिबार हुनेछ।

प्रकाशित मिति: Jan 20, 2023

प्रतिक्रिया दिनुहोस्